भारतीय अभिनेत्री भाग्यश्री नेपालमा

यहाँ आयोजना हुने एक समारोहमा सहभागी हुन् भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकाे छ।

आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिए। 'म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु', उनले भने, 'मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस्।'

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आएकाे छ। भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरु नेपाल आएकाे हो। यो अवार्डको छैटौँ संस्करण हो। यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ।

प्रकाशित मिति: : 2023-06-03 18:51:00

प्रतिकृया दिनुहोस्