बिएल संवाददाता
रेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडियो भाइरल भएपछि कारवाही स्वरुप कैलालीबाट तानिएका डिएसपी उद्धवसिंह भाटले भिडियो खिच्ने पत्रकारलाई कार्यालयमा बोलाएर धम्की दिएका छन्।
कारबाहीमा परेका डिएसपीले आफ्नाे बदनाम हुनेगरी भिडियो खिचेको भन्दै कार्यालयमै बोलाएर तथानाम गालीगलौज गर्दै धम्की दिएको भिडियो सार्वजनिक भएको छ।
डिएसपीले पत्रकारलाई बोलाएर धम्काएको भिडियोमा अपशब्द प्रयोग गर्दै आफूलाई बदनाम बनाउने गरी भिडियो खिचेको आरोप लगाएका सुनिन्छ।
उनले रेशम चौधरीलाई हिरो बनाउने चक्करमा आफ्नाे बेइजत गरेकाे आरोप लगाएका छन्।
‘रेशम हिराे बनाउने चक्करमा मलाई मेराे बेइजत गर्ने तिमीहरूले ? उनले भनेका छन्, तेराे लागि राम्राे सन्देश हाेला, मेराे लागि त नराम्राे भयाे नि!’
टिकापुर घटनामा मारिएका मध्ये चार जना आफ्नै गाउँकाे भएकाे र उनीहरूका सबै आफन्त आफूसँग रिसाएकाे उनले बताएका छन्।
डिएसपी भाटले भनेका छन्, ‘जसरी त्याे पुलिसहरूलाई मारेकाे छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेराे रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन। यति मेराे बेइजत भाकाे छ तेराे कारणले।’
पत्रकार जीवन चौधरीले पनि आफूलाई डिएसपीले कार्यकक्षमा बोलाएर धम्काएको बताए। ‘यस्तो भिडियो हाल्दा विचार गर्नु पर्दैन भन्दै मलाई बोलाएर डिएसपीले धम्काए’, बिएल नेपाली सेवासँग कुरा गर्दै चौधरीले भने, ‘मैले समाचारका लागि भिडियो खिचेको थिएँ। डिएसपीलाई बदमान गर्नका लागि भिडियो खिचेको थिइनँ।’
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया