बिएल संवाददाता
रेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडियो भाइरल भएपछि कारवाही स्वरुप कैलालीबाट तानिएका डिएसपी उद्धवसिंह भाटले भिडियो खिच्ने पत्रकारलाई कार्यालयमा बोलाएर धम्की दिएका छन्।
कारबाहीमा परेका डिएसपीले आफ्नाे बदनाम हुनेगरी भिडियो खिचेको भन्दै कार्यालयमै बोलाएर तथानाम गालीगलौज गर्दै धम्की दिएको भिडियो सार्वजनिक भएको छ।
डिएसपीले पत्रकारलाई बोलाएर धम्काएको भिडियोमा अपशब्द प्रयोग गर्दै आफूलाई बदनाम बनाउने गरी भिडियो खिचेको आरोप लगाएका सुनिन्छ।
उनले रेशम चौधरीलाई हिरो बनाउने चक्करमा आफ्नाे बेइजत गरेकाे आरोप लगाएका छन्।
‘रेशम हिराे बनाउने चक्करमा मलाई मेराे बेइजत गर्ने तिमीहरूले ? उनले भनेका छन्, तेराे लागि राम्राे सन्देश हाेला, मेराे लागि त नराम्राे भयाे नि!’
टिकापुर घटनामा मारिएका मध्ये चार जना आफ्नै गाउँकाे भएकाे र उनीहरूका सबै आफन्त आफूसँग रिसाएकाे उनले बताएका छन्।
डिएसपी भाटले भनेका छन्, ‘जसरी त्याे पुलिसहरूलाई मारेकाे छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेराे रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन। यति मेराे बेइजत भाकाे छ तेराे कारणले।’
पत्रकार जीवन चौधरीले पनि आफूलाई डिएसपीले कार्यकक्षमा बोलाएर धम्काएको बताए। ‘यस्तो भिडियो हाल्दा विचार गर्नु पर्दैन भन्दै मलाई बोलाएर डिएसपीले धम्काए’, बिएल नेपाली सेवासँग कुरा गर्दै चौधरीले भने, ‘मैले समाचारका लागि भिडियो खिचेको थिएँ। डिएसपीलाई बदमान गर्नका लागि भिडियो खिचेको थिइनँ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया