बिएल संवाददाता
ललितपुरकाे नख्खुमा रहेकाे नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेकाे आराेपमा तीन पूर्वकर्माचारी पक्राउ परेका छन्। उनीहरूलाई बिलिङ सेक्सनमा ठगीकाे आराेपमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको शुक्रा नामको एचएमआईएस सफ्टवयरको दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्कभन्दा कम शुल्क सफ्टवयरमा दर्ता गरी/देखाइ रु.२,६३,५५,००१/- (दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया) लिएर ठगी गरी अस्पताललाई घाटा पुर्याएकाे भन्दै अस्पतालको उजुरी गरेकाे थियाे।
पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरापालिका– ४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी न.पा.वडा नं. ११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल रहेका छन्।
उनीहरूलाई अपराधिक लाभ तथा अपराधिक विश्वासघातसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिएकाे प्रहरीले जनाएकाे छ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया