६१ वर्षे नायकको एक्सन सिनेमा: मिसन इम्पसिबल-डेड रकनिङ्ग

Photo: Agency
Photo: Agency

अंग्रेजी एक्सन सिनेमाप्रेमीका लागि अभिनेता निकै प्रिय नाम हो- टम क्रुज।

६१ वर्ष पुगिसकेका यी अभिनेताको जिउ नै सिरिङ्ग पार्ने एक्सन दृश्यहरू जति तारिफ गरे पनि कमै हुन्छ, त्यो पनि बिना कुनै ‘बडी डबल’।

उनकै एक्सन नायकत्व अनि क्रिस्टोफर मेकक्वेरीले निर्देशन गरेको ‘मिसन इम्पसिबल’ फ्रेनचाइजीको सातौँ सिरिज ‘मिसन इम्पसिबल- डेड रकनिङ्ग पार्ट वान’ बुधबार (१२ जुलाई) रिलिज भएको छ।

सिनेमाको कथाअनुसार आइएमएफको संस्थाका लागि इथन हन्ट (टम क्रुज) एउटा यस्तो अभियानमा निस्केका छन्, जुन अभियान असफल भयो भने पूरै संसारलाई निकै नकारात्मक असर पर्नसक्छ। साइबर संसारमा असर गर्नेसक्ने अत्यन्तै शक्तिशाली हतियार भएको एआई (अर्टिफ़िसियल इन्टिलिजेन्स) लाई रोक्ने अभियानबारे सोच्दै नसोचेका घटनाहरू हुँदै जान्छन् र इथन हन्ट त्यसलाई रोक्ने कोसिस गर्दै जान्छ।

हन्टको यो अभियानमा उनका सहयोगीहरू बेन्जी डन् (साइमन पेग), लूथर स्टिकेल (भिङ्ग रेम्स) र इल्सा (रेबेका फर्गुसन)ले कठिन समयमा उनलाई साथ दिन्छन्, तर इथन हन्ट यो अभियानमा सफल हुन्छन् वा हुँदैनन् यो थाहा पाउन भने सिनेमा नै हेर्नुपर्छ।

जहाँसम्म अभिनयको विषय छ नायक टम क्रुज मात्र सिनेमाको हर्ताकर्ता भएका कारण प्राय: सबै कलाकार क्रुजको छायामा परेका छन् तर पनि सबैको अभिनय आफ्नो-आफ्नो भूमिकामा अब्बल छ।

नायक क्रुजको अभिनयभन्दा पनि एक्सन दृश्य अझ खतरनाक छ। करिब ३ घण्टाको सिनेमामा निर्देशक मेकक्वेरीले एरिक जेन्डर्सनसँग मिलेर लेखेको स्क्रिप्ट सलल बगेको छ र यसले दर्शकलाई बाँधेर राख्न सक्छ।

लोर्ने बार्फीको सङ्गीत, फ्रासर टागारको सिनेमोटोग्राफी, इड्डि हेमिल्टनको सम्पादन र रुडल्फ़ भर्भको स्टन्ट सबै उत्कृष्ट छ। भर्भले आफ्ना सहयोगीहरूसँग गरेको एक्सन दृश जिउ नै सिरिङ्ग पार्ने खालको छ। यद्यपि, यी दृशलाई अरु सुन्दर बनाउन कम्प्युटरबाट इस्पेसल इफेक्ट र भिज्युअल इफेक्टको पनि सहायता लिइएको छ, जो आमदर्शकलाई खासै मतलब हुँदैन।

आबुधाबीका सुन्दर ठाउँहरूलाई सिनेमोटोग्राफ़र हेमिल्टनले अझ सुन्दर तरिकाले दृश्यमा कैद गरेका छन्। निर्देशक मेकक्वेरीले नायक क्रुजसँग मिलेर ‘एक्शन-बेस्‍ड ब्लकबस्टर’ सिनेमा बनाएका छन्। र सिनेमाको कथा जुन स्थानमा लगेर सकिएको छ त्यसले यो सिनेमाको कम्तीमा पनि दोस्रो भाग आउने संकेत दिएको छ।

तपाईंले यो सिरिजको अघिल्ला छ सिरिज पनि हेर्नुभएको छ भने रमाइलो लाग्नसक्छ तर पहिलो पटक यो सिनेमा हेर्दै हुनुहुन्छ भने पंक्तिकार सिनेमा हेर्न सल्लाह दिँदैन। एक्सन दृशमात्रै हेर्ने हो भने समय गएको पत्तै हुँदैन।

ट्रेलर

प्रकाशित मिति: : 2023-07-13 15:37:00

प्रतिकृया दिनुहोस्