मिटरब्याज पीडितद्वारा बानेश्वरमा प्रदर्शन, मागे गृहमन्त्रीकाे राजीनामा (तस्बिरहरू)

मिटरब्याज पीडितहरूकाे एक समूहले फरि नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले मंगलबार नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे हाे।

प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै गृहमन्त्रीकाे राजीनामासमेत माग गरेका छन्। उनीहरूले रत्नपार्क हुँदै बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

सरकारले ल्याएको मिटरव्याज सम्बन्धी बिधेयकप्रति आपति जनाउँदै पीडितहरुले संसद भवन अघि प्रर्दशन गरेका हुन्।  

उनीहरुले नयाँ विधेयक मिटरब्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन्। 

सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पत्ति छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने आरोप लगाएको हो। 

प्रकाशित मिति: : 2023-07-18 21:00:00

प्रतिकृया दिनुहोस्