सुनिता लामा
जुम ब्यूटी एकेडेमीले आफ्नो एघारौं शाखाको उद्घाटन भब्य र शानदार रुपमा गरेको छ।
काठमाडौंको महाराजगञ्जस्थित शाखामा सेवा तथा ट्रेनिङ्ग सेशनहरू सञ्चालन भएता पनि औपचारिक रुपमा भने हिजो भाद्र–९ गते शनिबारको दिन आफ्ना सयौं कर्मचारी, सेवाग्राही तथा विशेष अतिथिहरूको माझ शाखाको भव्य उद्घाटन भएको हो।
जुम ब्यूटी एकेडेमीका ब्रान्ड एम्बेसडर केकी अधिकारी तथा नेपाली चलचित्र 'जय हो' का टिम समेत उक्त कार्यक्रममा अतिथिका रुपमा सम्मानित भएका थिए।
भाद्र ८ गते देखि प्रदर्शनमा आएको चलचित्र 'जय हो' का नायक/निर्माता सलोन बस्नेत, समीर खान, नायिका केकी अधिकारी, चर्चित गायिका अन्जु पन्त, नायिका तथा टेलिभिजनकर्मी रिमा विश्वकर्मा, नायिका/ मोडल परोतोषिका पन्त लागायतले एकैपटक जुमको शाखा उद्घाटन गरेका थिए।
जुमले आफ्नो सेवा सुविधालाई नेपालमा मात्र सीमित नराखी अब देश बाहिर पनि यसलाई विस्तार गर्नुपर्ने बताउँदै गायिका अन्जु पन्तले महिला स्वरोजगार र सशक्तिकरणकाे निम्ति पनि महत्वपूर्ण भुमिका खेलिरहेको बताएका थिए।

मान्छे पहिले आफू अन्तर्हृदयदेखि नै सुन्दर हुनुपर्छ तब मात्र बाहिरी सुन्दरताको महत्त्व हुने गर्दछ। जुम ब्यूटी एकेडमीले बाहिरी सुन्दरता संगसँगै महिलाहरूलाई स्वरोजगार र प्रशिक्षण मार्फत अर्न्तह्र्दयदेखि नै सुन्दर बनाउँदै आइरहेकोले आगामी दिनमा पनि जुमको अझै धेरै प्रगतिको कामना रिमाले गरेकी थिइन्।
नायक/ निर्माता सलोन बस्नेत र समिर खानले पनि जुमको अझ धेरै उन्नती, प्रगती र सफलताको शुभकामना व्यक्त गरेका थिए।
भर्खरै मात्र प्रदर्शनमा आएको चलचित्र 'जय हो' को टिमसँग जुम ब्युटीको उद्घाटन कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको र गौरवान्वित महसुस भएको जुमका ब्रान्ड एम्बास्डर केकी अधिकारीले बताएकी थिइन्।
अन्य ब्यूटी पार्लरले सीप र रोजगारलाई नारामा मात्र सीमित राख्दा जुम ब्यूटी एकेडमीले भने यस कुरालाई व्यवहारमा उतार्दै सीप र रोजगारलाई महिला सशक्तिकरणमा परिणत गर्न जुम सफल रहेको बताएकी थिइन्।
नेपाली चलचित्र 'जय हो' को टिमलाई बधाई तथा शुभकामना दिइएको उक्त उद्घाटन कार्यक्रममा नायक सलोन बस्नेत, गायिका अन्जु पन्त र नायिका रिमा विश्वकर्माले जुम ब्यूटी एकेडेमीका सम्पूर्ण सेवा सुविधामा रु एक लाख भन्दा बढीको छुट अफरको उपहार समेत प्राप्त गरेका थिए।
काठमाडौं उपत्यकाभित्र मात्रै बालाजु, गोगंबु, कुपोन्डोल, भक्तपुर, ग्वार्को, बौद्ध, बनेपा, बालाजु, स्वयम्भू, कंलकी र महाराजगञ्ज गरि एघार वटा शाखा विस्तार गरिसकेको जुम ब्यूटी एकेडेमीले आगामी दिनमा छिट्टै नै यसको बार्हौं शाखा पनि खोलिने कुरा जुम ब्यूटी एकेडेमीका सिईओ जुनु चक्रधरले बताइन्।





पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया