बिहिबार, ३१ जुलाई २०२५

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

News Image
• • •

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ। शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो। 

सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ। उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताएका छन्।

कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका– १० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिएका हुन्। बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ।

आइतबार, भाद्र १७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)