जुमले परिवर्तित र परिमार्जित रुपमा मनायो तीज: पुरस्कार र सम्मानले भरिपूर्ण कार्यक्रम (तस्बिरहरू)

सुनिता लामा

काठमाडौं

सौन्दर्यको क्षेत्रमा आफूलाई बेग्लै सान, मान र स्थानका साथ एक्काइसौं वर्ष पूरा गरिसकेको जुम ब्यूटी एकेडेमीले २०८० सालको तीज विशेष कार्यक्रम फरक र नौलो तरिकाले सम्पन्न गरेको छ।

काठमाडौं उपत्यकाभित्रका ११ वटा शाखामा कार्यरत करिब एक सय २० भन्दा बढी कर्मचारीहरु, सयौं प्रशिक्षार्थीहरुलगायत अन्य क्षेत्रका गन्यमान्य व्यक्तित्वहरुको प्रत्यक्ष सहभागीतामा सम्पन्न भएको उक्त तीज विशेष कार्यक्रममा चर्चित नायिका केकी अधिकारी तथा डा. त्रिशला गुरुङको उपस्थिति रहेको थियो।

सामान्यतया तीजको दर खाने कार्यक्रममा नाचगान त हुने नै भयो तर जुम ब्यूटी एकेडेमीले भने यसपटक तीज नृत्य प्रतियोगिताका साथै आफ्ना एघार वटा शाखामा कार्यरत कर्मचारीहरुको कार्यगत मूल्यांकन गर्दै विभिन्न शिर्षकमा अवार्ड तथा पुरस्कार प्रदान गरेको थियो।

जुम ब्यूटी एकेडेमीकी सिईओ जुनु चक्रधर तथा सञ्चालक कृशप त्वनाबाशुद्वारा पानसमा बत्ती बालेर सुरु भएको उक्त कार्यक्रममा पुरुषहरूको पनि उत्कृष्ट नृत्य प्रस्तुती रहेको थियो।

यसपटकको तीज विशेष कार्यक्रममा आफ्नो एघार वटै शाखाका ब्रान्च म्यानेजरहरुको उत्प्रेरक शब्द, अनुभव तथा जुमसंगको यात्राको विस्तृत जानाकारीहरु पनि अभिव्यक्त गरिएको थियो। 

यसरी कार्यक्रम गर्दा प्रशिक्षार्थी तथा कर्मचारीहरुको खुसी र सन्तुष्टि देख्न पाइने र उनीहरुको  खुसी नै आफ्नो सन्तुष्टि रहेकाे सञ्चालक त्वनाबाशुले बताए।

उक्त कार्यक्रममा प्रत्येक शाखाका प्रमुख तथा कर्मचारीहरुले विभिन्न विधामा पुरस्कार प्राप्त गरेका थिए।

मोस्ट इनर्जेटिक र क्रीएटिभ अवार्ड रोजिना श्रेष्ठ तिनकुने, ब्राईटिङ्ग ब्रान्च अफ द मन्थ गोगंबु, मोस्ट पपुलर मेक अप आर्टिस्ट सनम श्रेष्ठ, आर्टिस्टिक मेहन्दी डिजाइनर दुर्गा राई, क्रीयटिभ हेयर डिजाईनर रोजिना सुब्बा, मिस भाईरल क्वीन अफ द एयर रोजिना श्रेष्ठ, डेडिकेटेड आर्टिस्ट सपना थिङ्ग, आइरन पिलर अफ जुम एकेडेमीकाे अवार्ड एलिना सुनुवारले प्राप्त गरेकी थिइन्। 

त्यसैगरी इनर्जेटिक टिम बिल्डर, गोमा डँगोल, क्रीयटिभ ड्रामा प्ल्येयर शुभेच्छा थापा मगर, मिस लाइभ बुस्टर स्वेता श्रेष्ठ, बेस्ट टिम वर्क बालाजु शाखा, द राईजिङ्ग ब्रान्चको अवार्ड भक्तपुर र ग्वार्को शाखाले प्राप्त गरेकाे थियाे।

बेस्ट फोटो ग्राफर राज तिरुवा, डेडिकेटेड इम्प्लोई अनिश चौधरी र देबिना महर्जन, भर्सटाइल इम्प्लोई विविध श्रेष्ठ लागायत दर्जनौँ कर्मचारी तथा शाखा प्रमुख रु पुरस्कृत र सम्मानित भएको उक्त भव्य समारोहमा तीज नृत्य प्रतियोगिता पनि भएको थियो। 

तीज नृत्य प्रतियोगिताका बिजेताहरुलाई विभिन्न गिफ्ट ह्याम्पर, अवार्ड र नगद पुरस्कार पनि दिइएको थियो। 

जुम ब्युटी एकेडेमीले आयोजना गरेको उक्त तीज नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल ग्वार्काे शाखाले विभिन्न पुरस्कार सहित नगद रु पाँच हजार, दोश्रो हुने कुपण्डाेल शाखाले नगद रु तीन हजार र तेश्रो हुने बाैद्ध शाखाकी राेजि महर्जनले दुई हजार प्राप्त गरेकी थिइन्। त्यसैगरी सान्त्वना पुरस्कार भावना गिरी र स्मृति बस्नेतले पाएकी थिइन्।  

कार्यक्रमका प्रमुख अतिथी केकी अधिकारी र डा. त्रिशला गुरुङ्गले यस्तो कार्यक्रमले जुम ब्यूटी एकेडेमीका सम्पूर्ण कर्मचारी र प्रशिक्षार्थीहरुलाई समेत हौसला, प्रेरणा र आफ्नो काम प्रतिको लगाव बढ्ने कुरा बताएका थिए।

गायिका त्रिशला गुरुङ्गले दक्षिणा फिल्मको गीतद्वारा मनोरञ्जन दिएको उक्त कार्यक्रममा जुमका कर्मचारी तथा प्रशिक्षार्थीहरुले धमाकेदार प्रस्तुतिहरु दिएका थिए। 

प्रकाशित मिति: : 2023-09-11 11:34:00

प्रतिकृया दिनुहोस्