विपीको ‘मेलमिलाप नीति’ राजासँग मिलेर जाने नै थियो: कुमुद लोहनी (भिडियो) 

नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ‘मेलमिलाप नीति’ राजासँग मिलेर जाने नै रहेको कांग्रेसका पूर्वनेता कुमुद लोहनीले बताएका छन्।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सुनसरी चुनाव क्षेत्रको कमाण्डरसमेत रहेका लोहनीले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भने, ‘विपीको मेलमिलाप नीतिको विषयमा अनेकौँ कोणले बहस चल्ने गर्छ। तर, उहाँ राजासँगै मिलेर देश विकासमा अग्रसर हुन लालायित हुनुहुन्थ्यो।’

२०२७ सालदेखि नै नेपाली कांग्रेसमा आवद्ध रहेका लोहनीले विपीसँग छोटो समय र गिरिजा बाबुसँग लामो समय सहकार्य गरेका थिए।

लोहनीका बुवा चन्द्रिकाप्रसाद लोहनी र विपीले सारनाथमा एउटा कोठामा बसेर बनारस विश्वविद्यालयमा अध्ययन गरेका थिए।

विपीलाई राजासँग मिल्न नदिन भारतीय कांग्रेस विशेषतः पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरू र इन्दिरा गान्धीले भूमिका खेलेको भन्दै लोहनीले भने, ‘नेपालमा पनि राजालाई घेरामा पारेका व्यक्तिहरूले नेपाली कांग्रेस राजा विरोधी पार्टी भएको भन्दै उकास्ने काम भयो। राजा र विपीलाई मिलेर काम गर्न दिइएन।’

विपीको ११०औँ जन्मजयन्तीको अवसर पारेर बिएलले लोहनीसँग कुराकानीको गरेको थियो। 

प्रस्तुत छ, लोहनीसँग गरिएकाे भिडियो संवाद:

प्रकाशित मिति: : 2023-09-13 21:20:00

प्रतिकृया दिनुहोस्