बिएल संवाददाता
लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ।
पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ। दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन्।
डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन्।
बाढीमा पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा दश हजारभन्दा धेरै हराइरहेका अन्तरराष्ट्रिय सहायता निकायहरूले पुष्टि गरेका छन्। बाढीले भत्काएका सडकका चेप र खोच तथा समुद्र किनारमा पु¥याएका शव निकाल्ने काम भइरहेको छ।
लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढी पीडितहरूको लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन्भने इजिप्ट, ट्युनिसिया, इटाली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया