विश्व झल्काउने केही तस्बिरहरू

तस्बिरहरू : रोयटर्स
तस्बिरहरू : रोयटर्स

केही दिनअघि मोरक्कोमा गएको विनाशकारी भूकम्पबाट हजाराैँले ज्यान गुमाए। हजाराैँ मानिसहरू घरबारविहीन भए।

भूकम्पपछि मानिसहरू खाना र आवासका निम्ति भौँतिरिरहेका छन्। काेही आफन्त गुमाएपछि विछिप्त छन्। काेही भग्नावशेषमाथि बसेर रोष व्यक्त गरिरहेका छन्।

यसै साता लिबियाको तटीय सहर डेर्नामा आएको शक्तिशाली आँधीबेहरीका कारण बाँध भत्किएपछि हजारौँको मृत्यु भयाे। आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगायो।

यता, यसै साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएकाे भेटलाई पनि शक्ति राष्ट्रहरू महत्वका साथ हेर।

यस्तैयस्तै विश्वभर भएकाे घटना, गतिविधिहरूलाई रोयटर्सका फोटो पत्रकारहरूले दृश्यमा कैद गरेका छन्।

प्रस्तुत छ, रोयटर्सका फोटो पत्रकारहरू खिचेका तस्बिरहरू:

१. हङकङको डिज्नील्याण्डमा मिडिया पूर्वावलोकन भ्रमणको क्रममा ‘फ्रोजन’-थीम क्षेत्रको भिडियो लिँदै एक भिडियोग्राफर

२. नासाका अन्तरिक्ष यात्री लोरल ओहारा, रोसकोसमोस अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को र निकोलाई चुबको टोली बोकेको सोयुज एमएस-२४ अन्तरिक्ष यान कजाकिस्तानको बायकोनुर कस्मोड्रोमको लन्चप्याडबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट उड्ने क्रममा

३. न्यू जर्सीमा रहेको प्रुडेन्सियल सेन्टरमा २०२३ एमटीभी भिडियो म्युजिक अवार्डमा एनएसवाइएनसी (NSYNC) सदस्यहरूबाट उत्कृष्ट पप पुरस्कार प्राप्त गरेपछि गायिका टेलर स्विफ्ट

४. रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन रुसको सुदूर पूर्वी अमुर क्षेत्रको भोस्टोचनी ओस्मोड्रोमको भ्रमणको क्रममा

५. लिबियाको डेर्नामा आएको बाढीपछि क्षतिग्रस्त क्षेत्रहरू हेरिरहेका मानिसहरू

६. ग्रीसको कार्डिसाको प्रिफेक्चरको भालोमन्द्रीमा ड्यानियल आँधीपछि माटोले ढाकिएको एउटा चिहान

७. सन् १९७३ मा चिलीमा भएको सैन्य कूको ५०औँ वर्षगाँठअघिको र्‍याली-मार्चमा राजधानी स्यान्टियागोमादंगा प्रहरीसँग प्रदर्शनकारीबीच झडप

८. मोरक्को इमी एनटाला गाउँमा गएको एक घातक भूकम्पले ध्वस्त भएको दृश्य

९. बेलायतका राजकुमार ससेक्सको ड्यूक प्रिन्स ह्यारी र ससेक्सको डचेस मेघन जर्मनीको ड्युसेलडोर्फमा २०२३ को इनभिक्टस खेलहरूमा एक कार्यक्रममा सहभागी हुँदै

१०. इन्डोनेसियाको दक्षिणी सुमात्रा प्रान्तको उत्तरी इन्द्रालय, ओगान इलिर रेजेन्सीमा जङ्गलमा आगो लागेको हेर्दै एक व्यक्ति

११. अमेरिका मेक्सिको सिमाबाट अमेरिका पस्न खोज्दै एल साल्भाडोरका नागरिकहरु

१२. सेप्टेम्बर ११, २००१ आक्रमणको २२औँ वार्षिकोत्सवको दिनमा वन वर्ल्ड ट्रेड सेन्टरमा जर्सी शहर, न्यू जर्सीबाट देखिएको इन्द्रेणी

१३. दक्षिणी बेलायत गुडवुडमा चिचेस्टर आयोजना भएको तीन दिने ऐतिहासिक कार रेसिङ फेस्टिबलमा कार दौडमा भाग लिँदै बालबालिकाहरु

१४. उत्तरी आयरल्याण्डको ड्रोमोरमा भएको विश्व भेडा परीक्षण प्रतियोगिताको क्रममा भेडा चराउँदै एक कुकुर

१५. भूकम्पमा १० आफन्त गुमाएकी १९ वर्षीया विद्यार्थी माने ऐत सैद मोरक्कोको तलत एन याकूबमा, विनाशकारी भूकम्पपछि आफ्नो क्षतिग्रस्त घरमा बसेर बिलौना गर्दै

प्रकाशित मिति: : 2023-09-16 13:34:00

प्रतिकृया दिनुहोस्