ई: उभिइरहेछन् खुट्टा सुन्नाएर, बालेनलाई ‘बाल’ छैन (भिडियो)

BreaknLinks
BreaknLinks

‘गाई त बाँध्ने ढुङ्ग्रोमा मोही छैन, गरीबको चमेली बोल्दिने कोही छैन’ यो गीतको श्लोगन निर्वाचनको समयमा मेयर उम्मेदवार बालेन्द्र साह (बालेन)को चुनावी नारा थियो। बालेनको भिजनलाई स्थानीयले पनि मन पराए। भोट दिएर काठमाडौँ महानगरपालिकाको मेयर बनाए।

२०७९ जेठ १६ मा कार्यभार सम्हाल्दै भनेका थिए, ‘फुटपाथ व्यवसायीहरूको वैकल्पिक व्यवस्थापनसहित व्यवस्थापन गरिने छ।’

बालेनले वैकल्पिक व्यवस्थापनसहित सडक व्यापारीहरुको व्यवस्थापन गरिने बताका थिए तर उनको त्यो बोली फुटपाथ व्यापारीका लागि अभिसाप बन्याे। किनकी बालेनले मेयरमा विजयी भएसँगै गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै ३५ दिनभित्र सडक व्यापारलाई फुटपाथबाट हटाउन आग्रह गरे।

त्यो आग्रहले फुटपाथ व्यवसायी त्रसित भए। किनभने बालेनले ती व्यापारीहरुलाई अर्को कुनै विकल्प दिएका थिएनन्। अर्को विकल्प नदिएपछि व्यापारीहरु भने आफूहरुलाई उचित स्थान नपाएको भन्दै बालेनका आग्रहमा अटेर गरिरहे।

केही दिन त बालेन मौन नै रहे। तर, सडक व्यापारीहरुले महानगरको आज्ञा पालना नगरेको भन्दै नगर प्रहरी पठाएर फुटपाथ व्यवसायीहरुको सामान जफत गर्न थाले।

बालेनले कहिले सहरलाई व्यवस्थापन गर्न पार्किङ बनाउने भन्दै अण्डरग्राउण्ड पार्किङका लागि नक्सा पास गराएर त कहिले अवैध रुपमा सरकारी जग्गाको दुरुपयोग गरेको विषयलाई लिएर तत्कालै फिल्डमै डोजर लिएर एक्सनमा उत्रिए।

उनीहरुले एक वर्षसम्म त केही व्यवस्था होला भन्दै बाटो हेरिरहे। तर, एक वर्षसमम पनि सडक व्यवसायीहरुको वैकल्पिक व्यवस्थापन नभएपछि असार २७ गते पनि महानगरको बागदरबारस्थित कार्यालयअघि भेला भएर ‘इनफ इज इनफ’ भन्दै स्थानीयले विरोध गरे।

तर, महानगरले फुटपाथ व्यवसायीहरुका लागि कुनै कदम चालेन।

महानगरको यसै कार्यशैलीविरुद्ध काठमाडौँको सभागृहअघि पम्प्लेट बोकेर उभिरहेका छन्– २८ वर्षीय ई: (नाम नै उनको ई: हो)। सुन्निएका गोडा, हातमा ‘जस्टिस फर स्ट्रिट भेन्डर’, ‘मानवता, समानुभूति र जवाफदेहीता नभएको युवा सरकार कसरी फरक भयो? लगायतका पम्प्लेट लिएर काठमाडौँका स्थानीय ईः, चाउ न्यौपानेसहित युवाले प्रर्दशन गरेको ११७ घण्टा बितिसक्यो।

चौबिसै घण्टा उभिएर महानगरको कार्यशैलीविरुद्ध उत्रिएका उनीहरुले मंगलबार १ बजेदेखि उभिएर विराेध जनाएका हुन्।

सुरुवातमा ७० घण्टा उभिएर महानगरको कार्यशैलीप्रति विरोध गर्ने भनिएतापनि महानगरले सडक व्यवसायीका पक्षमा कुनै प्रतिक्रिया नदिएका कारण एक सय २३ घण्टा पुर्‍याउने अभियानकर्ता ई: बताउँछन्।

‘चुनावको समयमा गरीबको चमेली काेही छैन’ भन्दै गीत गाउन मेयर आज आफ्नो कार्यशैलीबाट पछि हट्दा हामीले यो कदम चाल्न बाध्य भएका छौँ,’ उनले भने, ‘यो एक्लैको लडाइँ होइन, दशाैँ हजार सडक व्यवसायीको लडाइँ हो। यत्राे घण्टासम्म पनि महानगर पक्षले कुनै सकारात्मक प्रतिक्रिया नदिएको हुँदा अझै घण्टा थप्न बाध्य भएका छौँ।’

प्रकाशित मिति: : 2023-09-24 18:00:00

प्रतिकृया दिनुहोस्