बिएल संवाददाता
नेदरल्यान्ड्सले ह्युस्टनमा भएको विश्वकप फुटबल २०२६ को समूह ‘एफ’ को खेलमा शनिबार स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ। ब्रायन ब्रोबी र कोडी गाक्पोको २–२ गोलबाट प्रेरित नेदरल्यान्ड्सले यससँगै उपाधिको दाबेदारी पनि प्रस्तुत गरेको छ।
पहिलो खेलमा जापानसँग २–२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स स्विडेनलाई सानदार ढंगले पराजित गरेपछि समूहको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले पराजित गरेको स्विडेनले नकआउट चरणमा पुग्न अर्को खेलमा जापानविरुद्ध आफूअनुकूल नतिजा निकाल्नु पर्नेछ।नेदरल्यान्ड्सले अब ट्युनिसियासँग आफ्नो समूह चरणको अन्तिम खेल खेल्ने छ। सन् १९५८ मा आफ्नै भूमिमा आयोजित विश्वकपको फाइनलमा ब्राजिलसँग ५–२ ले पराजय भोगेयता स्विडेनले विश्वकपमा सबैभन्दा ठूलो हार आज बेहोरेको हो।
प्रतियोगितामा पहिलो पटक प्लेयिङ ११ बाट खेलिरहेका ब्रायन ब्रोबीले नेदरल्यान्ड्सलाई पाँचौं मिनेटमा अग्रता दिलाएका थिए । उनले गाक्पोको पासलाई सदुपयोग गरेका थिए। १७ औं मिनेटमा उनले नै दोस्रो गोल थपे।
मध्यान्तरपछिको ९ मिनेटमा गाक्पोले दुई गोल गर्दै नेदरल्यान्ड्सलाई मजबुत स्थितिमा पुर्याए । गाक्पोले ४७ र ५४ औं मिनेटमा गोल गरेका थिए । एन्थोनी इलाङ्गाले स्विडेनबाट ५९ औं मिनेटमा एक गोल फर्काए। क्रिसेन्सिओ समरभिलले ८९ औं मिनेटमा नेदरल्यान्ड्सबाट पाँचौं गोल गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया