बिएल संवाददाता
तान्जानियाले धानखेत नष्ट हुन नदिन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी लाखौँ क्वेलिया (रातो चुच्चो भएको भँगेराजस्तै देखिने ठूलो समूहमा घुम्ने पङ्क्षी) चरा मारेको तान्जानियाका बोटबिरुवा र कीटनाशक औषधि निगरानी निकायले बुधबार जनाएको छ।
मरुभूमिको सलह नियन्त्रणको लागि पनि जिम्मेवार तान्जानिया बोटविरूवा स्वास्थ्य तथा किटनाशक प्राधिकरण (टीपीएचपीए)ले गत हप्ता लगभग एक हजार हेक्टरमा लगाइएका व्यावसायिक बालीहरू खतरामा परेको भन्दै मन्याराको उत्तरी क्षेत्रमा ५० लाख क्वेलिया चराहरू मारेको थियो।
'हामीले ५० लाख विनाशकारी चराको झुण्ड मारेका छौं र अब हामी अन्य क्षेत्रको निगरानी गरिरहेका छौं,' टीपीएचपीएका कार्यवाहक महानिर्देशक जोसेफ नन्डुन्गुरुले एएफपीसँग भने।
ठूला बगालमा ओहोरदोहोर गर्ने स–साना रातो चुच्चो भएका चराहरू बाली नाश गर्नका लागि कुख्यात छन् र सेप्टेम्बर र अक्टोबरमा सुख्खा यामको सुरुआतमा यिनीहरूको विगविगी हुने गर्छ।
उत्तरी तान्जानियामा धानखेतमा क्षति पुर्याउनुअघि चार दिनसम्म हवाई आक्रमण गरी चराको झुण्डलाई निशाना बनाइएको एनडुनगुरुले बताए। अहिले अन्य क्षेत्रमा हवाई निगरानी भइरहेको उनले बताएका छन्।
टिपिएचपीएका अनुसार यी चराको समूहले एकै दिनमा ५० टनभन्दा बढी अन्नबाली नष्ट गर्न सक्छ। क्वेलिया चराहरू संसारमा सबैभन्दा धेरै प्रजातिका चराहरू मानिन्छन्, अफ्रिकाभरका सरकारहरूले विगतमा तिनीहरूलाई नियन्त्रण गर्न हवाई र जमीनी प्रयासहरू सुरु गरेका थिए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया