मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ।
बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलोदिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गरेको थिए।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको शुुभारम्भ गर्दै चेपाङ र तामाङ समुदायका महिलालाई लक्षित गरेर सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए। सो सेन्टरमा हेटौँडा अस्पतालका डा.विदुर भण्डारीले पनि सेवा प्रदान गर्ने जनाइएको छ। गाउँपालिकाको स्वास्थ्य संयोजक कृष्णकुमार यादवले पालिकामा वडा नम्बर २, ३, ५, ८, ९ मा यसअघिनै बर्थिङ सेन्टर सञ्चालन भइसकेको जानकारी दिए।