बिहिबार, १० जुलाई २०२५

कोशी कांग्रेसमा किचलो: संसदीय दलकाे उपनेताबाट कार्कीले दिए राजीनामा

File Photo
• • •

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन्।

नयाँ सरकार गठन प्रक्रियामा असन्तुष्टि कार्कीले बिहीबार उपनेताबाट राजीनामा दिएका हुन्।

उनले उपनेतामा रहेर भूमिका निर्वाह गर्न नसक्ने आजैकाे मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएकाे बताएका छन्। कार्कीले कांग्रेस प्रदेशसभा सदस्यको हैसियत‌मा रहने उल्लेख गरेका छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?