बिएल संवाददाता
गैरआवसीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन्। उनीहरुलाई आज (शनिबार) साेल्टी हाेटलमा प्रमुख निर्वाचन आयुक्त यादवप्रसाद ढुङ्गानाले शपथ गराएका हुन्।
बिहीबार सम्पन्न एनआरएनएकाे अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका थिए। उनीसँगै निर्वाचित सबैले शपथ ग्रहण गरेका छन्।
एनआरएनएकाे उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा. हेमराज शर्मा, डा. केशव पाैडेल, राजु रेग्मी ‘राज’, रामशरण सिमखडा र रोविन शेरचन विजयी भएका थिए।
शपथ ग्रहण कार्यक्रममा बाेल्दै नवनिर्वाचित अध्यक्ष बद्री केसीले अघिल्लाे कार्याकालमा सुरुवात गरेका कामहरु पूरा गर्ने बताए।
त्यस्तै केसीले आफूलाई जिताउन मतदान गर्ने सबैहरुलाई धन्यवाद दिए।
त्यस्तै नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले आजै पदभार ग्रहण गरेका छन्। बालुवाटारस्थित केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया