बिएल संवाददाता
गैरआवसीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन्। उनीहरुलाई आज (शनिबार) साेल्टी हाेटलमा प्रमुख निर्वाचन आयुक्त यादवप्रसाद ढुङ्गानाले शपथ गराएका हुन्।
बिहीबार सम्पन्न एनआरएनएकाे अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका थिए। उनीसँगै निर्वाचित सबैले शपथ ग्रहण गरेका छन्।
एनआरएनएकाे उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा. हेमराज शर्मा, डा. केशव पाैडेल, राजु रेग्मी ‘राज’, रामशरण सिमखडा र रोविन शेरचन विजयी भएका थिए।
शपथ ग्रहण कार्यक्रममा बाेल्दै नवनिर्वाचित अध्यक्ष बद्री केसीले अघिल्लाे कार्याकालमा सुरुवात गरेका कामहरु पूरा गर्ने बताए।
त्यस्तै केसीले आफूलाई जिताउन मतदान गर्ने सबैहरुलाई धन्यवाद दिए।
त्यस्तै नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले आजै पदभार ग्रहण गरेका छन्। बालुवाटारस्थित केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया