हारेको झोकमा समानान्तर कमिटी बनाउँदैमा एनआरएनए फुटेको भन्न मिल्दैन- अध्यक्ष बद्री केसी (भिडियो)

काठमाडौंको साेल्टी होटलमा सम्पन्न गैरआवसीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशन निर्वाचन परिणामलाई लिएर विवादित बन्यो। अध्यक्ष पदका दुई उम्मेदवार आरके शर्मा र डा.महेश श्रेष्ठले पराजित निर्वाचन परिणाम स्वीकार्न नसक्दा महाधिवेदन विवादित बनेको थियो।

सुरुमा सबै हिसाबले राम्रैसँग अगाडि बढेको महाधिवेशनलाई चुनावमा हारेपछि पराजित दुई उम्मेदवारले विवादतिर धकेलेका थिए। निर्वाचनमा प्रयोग गरिएको भेरो भोटिङ कम्पनीको मतदान प्रणाली ‘ह्याक’ गरेर डा. बद्री केसीले चुनाव जितेको आरोप उनीहरुको थियो।

यद्यपि, निर्वाचनका बेला गरिएका शंका उपशंकाहरुबारे ‘भेरिफाइ’ गर्दा कुनै त्रृटि देखिएन। अध्यक्ष पदमा निर्वाचित डा.बद्री केसीलगायत सबै पदाधिकारीहरुलाई निर्वाचन समितिले शपथ गरायो। र, उनीहरुले पदभार ग्रहण गरे।

त्यसपश्चत पनि शर्मा र श्रेष्ठ मूल नेतृत्वमा जोडिन सकेनन्। उनीहरुले समानान्तर समिति गठन गरे।

उनीहरुले समानान्तर समिति गठन गरेपछि अध्यक्ष पदको हैसियत र जिम्मेवारीअनुसार डा.केसीले शर्मा र श्रेष्ठलाई सहमतिमा ल्याउन प्रयास गरिरहेका छन्। त्यसका लागि अध्यक्ष केसीले दुई पटक पत्राचार गरेर सहमतिका लागि पहल गरे। त्यसपछि पनि निर्वाचनमा हारेर कुँडिएका शर्मा र श्रेष्ठ एनआरएनएको दैलोसम्म पुग्न सकेका छैनन्। पुन: निर्वाचन गर्नुपर्ने माग राखेर प्रचारबाजी गरिररहेका छन्।

त्यसका बाबजुद पनि एनआरएनएलाई एकढिक्का बनाउने प्रयासमा रहेका अध्यक्ष केसीले निर्वाचन प्रणालीबारे कुनै ठाउँमा शंका भए अनुसन्धान गर्न र गलत सावित भए पद त्याग्न तयार रहेको बताएका छन्। तर, अनुसन्धानका लागि शर्मा र श्रेष्ठ तयार छैनन्।

तर, पनि अध्यक्ष केसी एनआरएनएलाईमा एकढिक्का बनाउन र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याउने प्रयासलाई निरन्तरता दिइरहेका छन्। त्यसक्रममा उनले के-के गरे? बिएल नेपाली सेवाले यस विषयमा अध्यक्ष केसीसँग कुराकानी गरेको छ।

प्रस्तुत छ, बिएलकर्मी डिल्ली पाण्डेले अध्यक्ष केसीसँग गरेकाे भिडियाे कुराकानी :

प्रकाशित मिति: : 2023-10-28 19:10:00

प्रतिकृया दिनुहोस्