नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्।झापाको दमक नगरपालिका– ५ का ४६ वर्षीय खनाललाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेको हो।
व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायकाअनुसार खनाललाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरिएको छ। खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।