नेकपा (एमाले)ले काेशी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेकाे छ।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादी (एस)लाई सरकारमा सहभागी गराउने तयारी गरेपछि एमाले रुष्ट बन्दै सरकारबाट बाहिरिने तयारी गरेकाे हाे।
एमाले काेशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले माओवादी र एस सरकारमा सहभागी भए सरकार छाड्ने बताए।
‘सरकारमा अन्य दलहरु आउने हाे भने हामी बस्दैनाैँ’, उनले भने, ‘साेमबार प्रदेशसभा बैठक बस्दैछ। बैठकपछि बाहिरिन्छाैँ।’
२७ असोजमा कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।