बिएल संवाददाता
गण्डकी प्रदेशकी पूर्वसांसद पियारी थापा मगर (शुप्रभा)ले पनि वैदेशिक रोजगारीमा जानको लागि कोरियन भाषा पढिरहेकी छिन्।
पियारी राष्ट्रिय जनमोर्चाबाट अघिल्लो कार्यकाल (०७४/०८९)मा समानुपातिक सांसद बनेकी थिइन्।
प्रदेश सांसदको कार्यकाल सकिए लगत्तै उनले कोरियन भाषा अध्ययन गर्न सुरु गरेको र अहिले इपिएस शाखाले लिएको सीपबिल्डिङको पहिलो चरण परीक्षा उत्तीर्ण गरेकी छिन्।
उनले सीपबिल्डिङको लागि इपिएसले लिएको परीक्षाको पहिलो चरणमा उत्तीर्ण भएकोमा उनले अध्ययन गरिरहेको सीतापाइलास्थित क्यानभास इन्स्टिच्युले बधाईसमेत दिएर आफ्नो अफियल पेजमा सेयर गरेको छ।
यद्यपि, अहिले त्यो भने हटाइएको छ।
त्यस्तै क्यानभासका म्यानेजिङ डिरेक्टर निरज गिरीले पनि पियारीले आफ्नो कन्सल्टेन्सीमा अध्ययन गरिरहेको बताए।
के पियारी थापाजूले हजुरको कन्सल्टेन्सीमा कोरियन भाषा पढ्नुहुन्छ? भन्ने प्रश्नमा एमडी गिरीले– हो भनेका छन्।
पियारी प्रदेश सांसद हुँदा पनि बेला–बेलामा चर्चा र विवादमा आउने ब्यक्ति हुन्।
रक्तिम सांस्कृतिक अभियानकी प्रखर कलाकारसमेत रहेकी उनी कोरियन भाषा पढेर प्रदेशिन लागेको खबरले उनका समर्थकहरु दुःखी बनेका छन्।
उनका एक जना शुभचिन्तकले भने– के यो देश बस्नै नसकिने भएको हो?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया