
बिएल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) रसियाले युक्रेनविरुद्ध लड्न झण्डै २ हजार नेपाली युवा रूसी सेनामा सामेल भएको अनुमान गरेकाे छ।
अनेकौँ माध्यम पछ्याउँदै रसिया पुगेका झण्डै २ हजार नेपालीहरू अहिले रूसी सेनामा सामेल भएको दाबी गरिएको छ।
‘अहिले उद्धारको लागि याचना गर्ने नेपालीहरूको संख्या धेरै छ। समस्यामा परेपछि उहाँहरूले ह्वाट्सएप तथा फोनमार्फत हामीलाई सम्पर्क गर्नुहुन्छ,’ एनआरएनए रसियाका एक पदाधिकारीले भने, ‘एनआरएनए सामाजिक संस्था हो। हामी आफैँले केही गर्नसक्ने अवस्था छैन। हामीकहाँ आएका गुनासालाई दूतावासमै पठाइदिन्छौँ। दूतावासले रूसको रक्षा मन्त्रालयसँग समन्वय गर्छ। हामीसँग यकिन तथ्याङ्क हुने कुरा त भएन, तर विभिन्न सैनिक क्याम्पहरूमा रहेका नेपालीहरूले भनेअनुसार १९ सयभन्दा बढी नेपाली रहेको बुझिएको छ।’
उनका अनुसार सुरुवाती चरणमा पढ्नका लागि मस्को पुगेका नेपाली विद्यार्थीहरू सेनामा भर्ती हुने गरेका थिए। युद्धपछि बढेको बेरोजगारीका कारण विद्यार्थीले सेना नै रोजे।
नेपाली रुपैयाँ दुई लाख बढी कमाइ हुने र छोटो समयमै रसियन नागरिक बन्न पाइने भएपछि विद्यार्थीहरू पढाइ छोडेर सेनामा भर्ना हुन्थे। यस्तै, वर्किङ भिसामा पुगेका नेपाली पनि पैसा र नागरिकताकै लोभमा सेनामा भर्ना भइरहेका छन्।
तर, पछिल्लो समय नेपालबाटै भिजिट भिसामा नेपालीहरूलाई लगिएको छ। ‘अहिले दलालहरूले नेपालबाटै ल्याउन थालेका छन्। मस्को, दुबई, दिल्ली, इथोपिया र काठमाडौँमा एउटा गिरोह नै सक्रिय छ,’ उनले भने।
गिरोहले विषेशगरी भूतपूर्व सैनिक, प्रहरी र पूर्वमाओवादी लडाकुलाई रसियन सेनामा पठाउन थालेका छन्। ‘साधारण व्यक्तिहरू पनि छन्। तर, पछिल्लो चरणमा रिटायर्ड सेना, प्रहरी, सशस्त्रका जवान तथा पूर्व माओवादी लडाकु आउने गरेका छन्,’ उनले भने। अहिले सेना, प्रहरी र सशस्त्रको जागिर बीचमै छाडेर पनि केही व्यक्तिहरू रसिया पुगेको उनको भनाइ छ।
लडाइँमा घाइते भएका नेपालीले सधैँजसो एनआरएनए तथा दूतावासका प्रतिनिधिलाई सम्पर्क गर्छन्। झण्डै ४ सय नेपालीले त दूतावासमै आफूहरूको उद्धार गरिदिन अपील गरेका छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया