
बिएल संवाददाता
रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले जानकारी दिएको छ।
'दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्,' सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन्। आक्रमणबाट छवटा भवनहरू क्षतिग्रस्त भएको र त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सारिएको जनाइएको छ।
युक्रेनको वायुसेनाले मङ्गलबार मस्कोको कीभ विरुद्धको युद्धमा ड्रोन बोकेको आशंकामा फिओडोसिया नजिकै रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ।
अक्स्योनोभले जनाए अनुसार 'बन्दरगाह क्षेत्र घेराबन्दी गरिएको छ।'
युक्रेनले बारम्बार क्रिमियामा विशेषगरी रुसी सेनालाई लक्षित गरी हमला गरिरहेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया