बिएल संवाददाता
इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्युरोड टिम काठमाडाैँ (एनआरटी)ले चुमेको छ। आज भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो।
निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो। प्रतियोगितामा विर्तामोड युनाइटेड झापा उपविजेता भएको छ।
विर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया आजको खेलमा प्लेयर अफ दि म्याच घोषित भए। एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए। एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टर फाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो। विर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टर फाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो।
विजेताले नगद रु. पाँच लाख र उपविजेताले रु. तीन लाख पुरस्कार पाएका छन्। विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केदार थापालगायतका अतिथिले वितरण गरे।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु. पाँच हजार पुरस्कार वितरण गरिएको छ।
गएको माघ ६ गतेबाट सुरु भएको प्रतियोगिता रेडहर्स फुटबल क्लबले आयोजना गरेको हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया