इलाम–२ उपनिर्वाचनः एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

आउने बैशाख १५ गते इलाम–२मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार हुने भएका छन्। 

आइतबार नेकपा एमालेले नम्वाङको नाम टुंगो लगाएको हो।

सुहाङ दिवङ्गत एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन्। सुवास नेम्वाङको गत भदौमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
 

प्रकाशित मिति: : 2024-03-24 14:48:00

प्रतिकृया दिनुहोस्