रेशम चौधरीनिकट मन्त्रीलाई सुदूरपश्चिम सरकार छाड्न रञ्जिताले दिइन् निर्देशन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दललाई दिएकाे छ। 

शुक्रबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न निर्देशन दिएकी हुन्।

टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनीसमेत दिएकी छन्।

पार्टीका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ सांसद मन्त्री बनेका छन्।

प्रकाशित मिति: : 2024-03-29 17:04:00

प्रतिकृया दिनुहोस्