वाइडबडी प्रकरणः पूर्वमन्त्री शाहीदेखि क्याप्टेनलेसम्मको मिलेमताे, कसले कति खाए पैसा?

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा मन्त्री, महाप्रबन्धकसहित कर्मचारी र क्याप्नेटनसमेतले भ्रष्टाचार गरेको खुलेको छ। 

अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही (हाल कर्णाली प्रदेशमा माओवादीबाट सांसदमा निर्वाचित), वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगरत्न कंसाकारलगायत ३२ जनाविरुद्ध १ करोड ४७ लाख १० हजार ८५ हजार ४८२ रुपैयाँ बिगो माग गर्दै मुद्धा दायर गरेको छ। 

जसमा उनीहरू दुवै जनालाई समान १ करोड ३३ लाख ८८ हजार १०९ रुपैयाँ बिगो माग गरिएको छ। तर निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष तथा पर्यटन मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई १ करोड ४७ लाख १० लाख ८५ हजार ४८२ रुपैयाँ बिगो असुली गर्न माग गरिएको छ। 

सचिव अधिकारीलाई माग गरिदएको बिगो कूल भ्रष्टाचार भएको भनिएको रकम हो। बिहीबार विशेष अदालतमा दायर गरिएको मुद्धामा भनिएको छ, ‘सुगरत्न कंसकारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ देहाय क, घ, ञ बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निजलाई जम्मा बिगो १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ दशमल ८५ रुपैयाँ बिगो माग र कैद, जरिवाना सजाय हुन मागदाबी लिइएको छ।’ 

कसले कति खाए?

 

प्रकाशित मिति: : 2024-04-04 16:14:00

प्रतिकृया दिनुहोस्