सरकार गठनका लागि लुम्बिनीका सत्तारूढ दलबीच ५ बुँदे सहमति

लुम्बिनी प्रदेशका सत्तारूढ दलहरुबीच सरकार गठनबारे पाँच बुँदे सहमति भएको छ।

प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच बीहीबार पाँच बुँदे सहमति भएको हो।

सहमति पत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतकाे हस्ताक्षर रहेकाे छ।

जसमा लुम्बिनीमा माओवादीका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने, प्रदेशमा हुने राजनीतिक नियुक्तिमा सबै दलको अपनत्व हुने गरी गर्नेलगायतका सहमति गरिएको छ।

प्रकाशित मिति: : 2024-04-04 16:12:00

प्रतिकृया दिनुहोस्