बिएल संवाददाता
दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले आइतबार जनाएको छ।
‘युएनन आओयु ३६०६२’ नामक माछा मार्ने डुङ्गा बुधबार मध्यरातमा लेदोङ काउन्टीको यिङगेहाई टाउनबाट २२ नटिकल माइल दक्षिणपश्चिममा पनामाको कन्टेनर जहाज ‘एसआईटीसी डानाङ’ सँग ठोक्किएको थियो।
पानीको मुनिका रोबोटहरू र टाढाबाट सञ्चालित पनडुब्बीजस्ता उन्नत प्रविधिहरूको सहयोगमा खोजी र उद्धार प्रयासहरू जारी रहेका छन्।
माछा मार्ने डुङ्गा डुबेको स्थान शनिबार निर्धारण गरिएको थियो।
तर, उक्त स्थानमा पानीको तीव्र बहाव र डुबेको जहाजको चारैतिर माछा मार्ने जालको कारण गोताखोरको खोजी तथा अभियानमा कठिनाई भएको छ।
हराइरहेका व्यक्तिको खोजीका लागि शनिबार उद्धार डुङ्गा, हवाईजहाज र उद्धारकर्मी पठाइएको थियो।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया