तोयम राया महालेखापरीक्षकमा नियुक्त

File Photo
File Photo

राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: : 2024-04-18 12:47:00

प्रतिकृया दिनुहोस्