आइतबार, २२ मार्च २०२६

क्यानडाकाे तल्लाे सदनमा पुग्ने लक्ष्यमा थापा 

News Image
• • •

क्यानडामा सन् २०२५ काे अक्टुबरमा ३ सय २३ सदस्यका लागि हुने तल्लाे सदनकाे निर्वाचनमा उम्मेदवारी दिने तयारीमा नेपालीमूलका क्यानडेली नागरिक अनिल थापा रहेका छन्। उनी हाल उम्मेदवारीका लागि विन्डसर वेस्ट क्षेत्रबाट कन्जरभेटिम पार्टी अफ क्यानडा (सिपिसी)काे आन्तरिक प्रतिस्पर्धामा छन्।

साे पार्टीले टिकट प्रदान गरेर चुनावमा विजयी भए भने थापा सम्भवत विश्वमा नै राजनीतिक रुपमा सबैभन्दा उच्च स्थानमा पुग्ने नेपालीमूलका व्यक्तिमा पर्ने छन्।

सन् २०२४को जुन वा जुलाईमा हुने आन्तरिक प्रतिस्पर्धाको तयारीमा व्यस्त थापाले बिएल नेपाली सेवासँगको छोटो कुराकानीमा आफूलाई पार्टीले टिकट दिने कुरामा विश्वस्त रहेकाे बताए।

२८ सेप्टेम्बर १९७२ मा वीरगञ्जमा जन्मिएका थापा पूर्वविमान चालक हुन्। उनी सन् २००१ मा अमेरिका र सन् २००५ मा त्यहाँबाट क्यानडा पुगेका हुन्। विगत १८ वर्षदेखि आफ्नै पहलमा नेपाली भाषामा ‘रेडियो नमस्ते’ नामक रेडियो सञ्चालन गर्दै आएका थापा त्यस क्षेत्रको चर्चित सामाजिक अभियन्ता र व्यवसायी पनि हुन्।

सन् २०१३ मा गैरआवसीय नेपाली संघ (एनआरएन) क्यानडाकाे अध्यक्षको कार्यभारसमेत सफलतापूर्वक सम्हालिसकेका थापाको नेतृत्वमा रेस्टुरेन्ट, रियल स्टेट र मनोरञ्जन व्यवसायहरु पनि सञ्चालनमा छन्।

क्यानडामा मूलधारको राजनीतिमा संलग्न भएर आफू सम्बन्धित पार्टीको एजेण्डाको साथै क्यानडामा बसोबास गर्दै आएका नेपालीका समस्याहरुलाई क्यानडा सरकारसमक्ष पुर्‍याउने विचारका साथ राजनीतिमा प्रवेश गरेका थापालाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना दिन कसैले पनि कन्जुस्याइँ गर्नु पर्दैन भन्ने विचारका साथ पङ्क्तिकार पनि हार्दिक शुभकामना दिन चाहन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!