सरकारको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने निर्णय

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने निर्णय गरेकाे छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसैगरी आजको बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ।

यस्तै सरकारले खेलकुद मन्त्रालयको प्रस्तावमा क्रिकेट, कराते र तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका ४२ खेलाडीलाई पुरस्कार वापतको रकम स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

यसैगरी बैठकले समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, (सुनसरी)लाई मनोनयन गर्ने र भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर (काठमाडौंँ) लाई  नियुक्त गर्ने निर्णय गरेकाे छ।

प्रकाशित मिति: : 2024-05-09 18:44:00

प्रतिकृया दिनुहोस्