कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएकाे छ।

शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेकाे हाे।

कांग्रेसका एक नेताका अनुसार लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हाे। 

प्रकाशित मिति: : 2024-05-10 10:42:00

प्रतिकृया दिनुहोस्