बिएल संवाददाता
म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ।
शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो।
म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक-एक गोल गरेका थिए।
त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल जेरेमी डोकुले गरेका थिए।
म्यानचेस्टर युनाइटेडले गत सिजनको एफए कप फाइनलमा म्यानचेस्टर सिटीसँग २-१ ले नै हारेको बदला यस सिजनमा २-१ ले नै हराएर लिएको छ।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले अहिलेसम्म १३ पटक एफए कपको उपाधि जितेको छ। अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि भने आर्सनलले १४ पटक जितेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया