मङ्गलबार, १५ जुलाई २०२५

समाजवादी प्रेस संगठनले लगायाे पत्रकार महासंघकाे कार्यालयमा ताला

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2024-05-27 13:54:00
News Image
• • •

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

महासंघले सदस्यता शुद्धीकरणका नाममा गैर पत्रकारलाई सदस्य बनाएको भन्दै संगठनले साेमबार कार्यालयको मूलगेटमा ताला लगाएको हो।

गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरुलाई समेटेर सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको र क्रियाशिल पत्रकारहरुलाई विभेदपूर्ण ढंगबाट हटाएकोले तालाबन्दी गर्नु परेकाे संगठनका अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए।

आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सदस्यता नामावली छापामार शैलीमा ल्याइएको भन्दै उक्त नामावली खारेजी गर्नुपर्ने संगठनले माग गरेकाे छ।

संगठनले उक्त नामावलीलाई न्यायोचित ढंगले नसच्याए निर्वाचनका कार्यक्रम अघि बढ्न नदिने चेतावनीसमेत दिएकाे छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?