बिएल संवाददाता
हिमाचल प्रदेशको मण्डीबाट हालै लोकसभा निर्वाचन जितेकी भारतीय जनता पार्टीकी नेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला जवानले थप्पड हानेकी छन्।
सांसद् रनौतले यस विषयमा गुनासो गर्दै सीआईएसएफमा कार्यरत महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन्।
कंगनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ। चुनाव जितेपछि उनी भाजपाको बैठकमा सहभागी हुन नयाँदिल्ली निस्किएकी थिइन्।
सुरक्षा जाँच्ने क्रममा थप्पड
यो घटना बिहीबार दिउँसो ३.३० बजेको हो। कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदैगर्दा महिला सिपाहीले उनमाथि हात उठाएकी थिइन्। उनले यस विषयमा उजुरी पनि दर्ता गराएकी छिन्।
अहिले विमानस्थलमा उपस्थित सुरक्षाकर्मीले कुलविन्दरलाई कमाण्डेन्टको कोठामा राखेका छन्। कंगना भने नयाँदिल्ली गइसकेकी छन्।
कंगना लोकसभा चुनावमा हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट लडेकी थिइन्। अभिनेत्रीको विपक्षमा कांग्रेस पार्टीका नेता विक्रमादित्य सिंह थिए। उनलाई कंगनाले ७४ हजार ७ सय ५५ मतले पराजित गरिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया