बिएल संवाददाता
हिमाचल प्रदेशको मण्डीबाट हालै लोकसभा निर्वाचन जितेकी भारतीय जनता पार्टीकी नेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला जवानले थप्पड हानेकी छन्।
सांसद् रनौतले यस विषयमा गुनासो गर्दै सीआईएसएफमा कार्यरत महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन्।
कंगनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ। चुनाव जितेपछि उनी भाजपाको बैठकमा सहभागी हुन नयाँदिल्ली निस्किएकी थिइन्।
सुरक्षा जाँच्ने क्रममा थप्पड
यो घटना बिहीबार दिउँसो ३.३० बजेको हो। कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदैगर्दा महिला सिपाहीले उनमाथि हात उठाएकी थिइन्। उनले यस विषयमा उजुरी पनि दर्ता गराएकी छिन्।
अहिले विमानस्थलमा उपस्थित सुरक्षाकर्मीले कुलविन्दरलाई कमाण्डेन्टको कोठामा राखेका छन्। कंगना भने नयाँदिल्ली गइसकेकी छन्।
कंगना लोकसभा चुनावमा हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट लडेकी थिइन्। अभिनेत्रीको विपक्षमा कांग्रेस पार्टीका नेता विक्रमादित्य सिंह थिए। उनलाई कंगनाले ७४ हजार ७ सय ५५ मतले पराजित गरिन्।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया