मामाको योजनामा भान्जाकाे घरबाट २ करोड लुटपाट, प्रहरी हवल्दारसहित ४ जना पक्राउ

Break n Links
Break n Links

भक्तपुरबाट २ करोड रुपैयाँ लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा, सुजन रसाइली, भीमबहादुर तामाङ्ग र ओखलढुंगाका मुनाराज राई रहेका छन्।

प्रहरी हवल्दार बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको प्रहरीले बताएकाे छ।

उनीहरूले आफूहरू प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोली भन्दै घरमा प्रवेश गरेर दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको थिए।

उनीहरूले असार ४ गते भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरबाट २ करोड रुपैयाँ लुटपाट गरेका थिए। उक्त घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको पाइएको छ।

लुटपाटकाे मुख्य याेजनाकार डिल्लीराजकै मामा कुलबहादुर खत्री रहेकाे खुलेकाे छ। उनी भने अझै फरार रहेका छन्।

भान्जा डिल्लीराजकाे घरमा २ कराेड भएकाे थाहा पाएपछि मामा कुलबहादुरको योजनामा लुटपाट भएको प्रहरी अनुसन्धानबाट खुलेकाे हाे। उनकै योजनामा ४ जनाले लुटपाट गरेकाे र ५ जनाले बाँडेको खुलेको छ।

प्रकाशित मिति: : 2024-06-25 15:52:00

प्रतिकृया दिनुहोस्