बिहिबार, १० जुलाई २०२५

बागलुङकाे गलकोटमा घरसँगै पहिरोमा पुरिए वृद्ध पति–पत्नी

फाइल तस्विर
• • •

बागलुङको गलकोट नगरपालिका– ८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन्।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी टोली पठाएर खाेजी कार्य भइरहेकाे छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?