बिएल संवाददाता
एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज (आइतबार) आयोजक श्रीलंका र भारत प्रतिस्पर्धा गर्दैछन्।
दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो।
भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ।
भारत महिला एसिया कपको फाइनलमा नवौं पटक पुगेको हो। पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो।
प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।
दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बि’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन्।
आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया