
बिएल संवाददाता
नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत भारतमाथि सानदार जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ३-२को सेटमा पराजित गर्याे।
नेपाली महिला भलिबल टिमले पहिलोपटक भारतलाई पराजित गरेको हो।
यो जितपछि नेपालले २ अंक हासिल गरेको छ। भने, भारतले एक अंक हासिल गरेको छ। यो जितपछि नेपालको २ खेलमा ५ अंक भएको छ। भने, भारतको ३ खेलमा ७ अंक भएको छ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-०को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।
आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५ : १५ बजेदेखि इरानसँग खेल्ने छ।
त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया