बिएल संवाददाता
नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत भारतमाथि सानदार जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ३-२को सेटमा पराजित गर्याे।
नेपाली महिला भलिबल टिमले पहिलोपटक भारतलाई पराजित गरेको हो।
यो जितपछि नेपालले २ अंक हासिल गरेको छ। भने, भारतले एक अंक हासिल गरेको छ। यो जितपछि नेपालको २ खेलमा ५ अंक भएको छ। भने, भारतको ३ खेलमा ७ अंक भएको छ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-०को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।
आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५ : १५ बजेदेखि इरानसँग खेल्ने छ।
त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया