बिएल संवाददाता
अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिमा मिनेसोटा राज्यका गभर्नर टिम वाल्जको उम्मेद्वारी घोषणा गरेसँगै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति उम्मेद्वारको समीकरण पूरा भएको छ । अब डेमोक्रेटिक पार्टीको कमला ह्यारिस- टिम वाल्जको 'गधा' र रिपब्लिकन पार्टीको डोनल्ड ट्रम्प- जेडी भान्सको 'हात्ती' आम्नेसाम्ने हुनेछन् ।
डेमोक्रेटिक पार्टीको उपराष्ट्रपति उम्मेद्वार छान्नका लागि राष्ट्रपति उम्मेद्वार कमलासामु पेन्सेल्भेनियाका गर्भनर जस सेपिरो र मिनेसोटाका गभर्नर टिम वाल्जबीच चुनौतिपूर्ण छनौट थियो । धेरैको अनुमान १९ कलेज इलेक्ट्रल मत भएको ब्याटलग्राउण्ड स्टेट पेन्सेल्भेनियाका गर्भनर जस सेपिरो उम्मेद्वार हुने थियो तर अन्तत: कमलाले १० कलेज इलेक्ट्रल मत भएको नीलो राज्य मिनेसोटाको गर्भनर छानिन् ।
केही समयअघि कमलाले पेन्सेल्भिनयाको फिलाडेल्फियामा आफ्नो उपराष्ट्रपति उम्मेद्वार टिम वाल्जलाई सार्वजनिक गर्दै चुनावी क्याम्पेन सुरू गरिन् । गजबको कुरा के थियो भने राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस र उपरराष्ट्रपति उम्मेद्वार टिम वाल्जलाई पेन्सेल्भेनियाका गर्भनर जस सपिरोले नै औपचारिक रूपमा मञ्चमा प्रस्तुत गरे र परिचय गराए । फिलाडेल्फिया जस सपिरोको गृह सहर पनि हो ।
डेमोक्रेटिक पार्टीको उपराष्ट्रपति उम्मेद्वारमा टिम वाल्जको घोषणासँगै डेमोक्रेटिक पार्टीमा थप ऊर्जा देखिएको छ । उम्मेद्वारको नाम सार्वजनिक गरेको केही घण्टामै दुई करोड अमेरिकी डलर चन्दा उठिसकेको छ । तर, रिपब्लिकन पार्टीमा भने एक किसिमको निराशा, कुण्ठा र हतासा देखिएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेद्वार ट्रम्प र उपराष्ट्रपति उम्मेद्वार जेडी भान्सले लगभग एकै किसिमको भाषामा डेमोक्रेटिक उम्मेद्वारहरू उग्र वामपन्थी भएको आरोप लगाएका छन् ।
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया