बिएल संवाददाता
पोखरामा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या भएकाे छ।
कास्कीकाे अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा घर भई पोखरा महानगरपालिका-८ कुँवर टोलमा बस्ने ४२ वर्षीय जहरसिंह कुँवरले बुधबार ४० वर्षीय श्रीमती राधिका कुँवरकाे हत्या गरेका हुन्।
जहरसिंहले राधिकालाई सामान्य विवादको कारण घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरेकाे प्रहरीले जनाएकाे छ। खुकुरी प्रहारबाट घाइते भएकी राधिकालाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएकाे चिकित्सकले मृत घोषणा गरेको हाे।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएकाे प्रहरी टोलीले कुँवरलाई खुकुरीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे छ। प्रहरीका अनुसार उनीहरुको १ छोरा रहेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया