बिएल संवाददाता
पोखरामा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या भएकाे छ।
कास्कीकाे अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा घर भई पोखरा महानगरपालिका-८ कुँवर टोलमा बस्ने ४२ वर्षीय जहरसिंह कुँवरले बुधबार ४० वर्षीय श्रीमती राधिका कुँवरकाे हत्या गरेका हुन्।
जहरसिंहले राधिकालाई सामान्य विवादको कारण घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरेकाे प्रहरीले जनाएकाे छ। खुकुरी प्रहारबाट घाइते भएकी राधिकालाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएकाे चिकित्सकले मृत घोषणा गरेको हाे।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएकाे प्रहरी टोलीले कुँवरलाई खुकुरीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे छ। प्रहरीका अनुसार उनीहरुको १ छोरा रहेका छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया