बिएल संवाददाता
राजेन्द्र महतोले 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' नामक नयाँ पार्टी घोषणा गरेका छन्।
मंगलबार राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले विधिवतरुपमा नयाँ पार्टी घोषणा गरेका हुन्। पार्टीको अध्यक्ष महतो नै हुने निर्णय भएको छ।
महतोले चलाउँदै आएको अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेका हुन्।
उनले घोषणा गरेको नयाँ पार्टीलाई सामाजिक अभियान्ता सुमन सायमीले पनि साथ दिएका छन्।
महतोले तत्कालै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने जानकारी दिए।
पार्टी घोषणा गर्दै महतोले भनेका छन्, 'देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात-जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको छ।'
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया