बिएल संवाददाता
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा विपद् पूर्व तयारी गर्नको लागि बजेट नभएको बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले विपद् पूर्व तयारीका लागि २० अर्ब रुपैयाँ आवश्यक पर्ने र अहिले त्यो रकम सरकारले दिन नसकेको बताए।
‘राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ चाहिन्छ।आगलागी भयो भने गतिलो दमकल छैन। बाहिरबाट ल्याउनुपर्छ। यसबारे अर्थलाई भन्दा सिलिङ् छैन भन्ने कुरा आउँछ। गृह मन्त्रालय भित्रबाट वर्षको तीन–चार करोडमात्र चालु पुँजी आउँछ। त्यो पैसाले सम्भव छैन्’ उनले भने, ‘एउटा राम्रो दमकल किन्ने हो भने पाँचदेखि ६ करोड लाग्छ। यसपाली पनि मनसुनमा पाँच सय मिटर बेलिब्रिज चाहिन्छ भनेका थियौं। त्यो महंगो हुन्छ, त्यसको पैसा घुमिरहेको छ। बजेटको सीमा भित्र सम्भव नै छैन।’
यस्तै, उनले प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो खालको जोखिमलाई घटाउन सकिने बताए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया