बिएल संवाददाता
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा विपद् पूर्व तयारी गर्नको लागि बजेट नभएको बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले विपद् पूर्व तयारीका लागि २० अर्ब रुपैयाँ आवश्यक पर्ने र अहिले त्यो रकम सरकारले दिन नसकेको बताए।
‘राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ चाहिन्छ।आगलागी भयो भने गतिलो दमकल छैन। बाहिरबाट ल्याउनुपर्छ। यसबारे अर्थलाई भन्दा सिलिङ् छैन भन्ने कुरा आउँछ। गृह मन्त्रालय भित्रबाट वर्षको तीन–चार करोडमात्र चालु पुँजी आउँछ। त्यो पैसाले सम्भव छैन्’ उनले भने, ‘एउटा राम्रो दमकल किन्ने हो भने पाँचदेखि ६ करोड लाग्छ। यसपाली पनि मनसुनमा पाँच सय मिटर बेलिब्रिज चाहिन्छ भनेका थियौं। त्यो महंगो हुन्छ, त्यसको पैसा घुमिरहेको छ। बजेटको सीमा भित्र सम्भव नै छैन।’
यस्तै, उनले प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो खालको जोखिमलाई घटाउन सकिने बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया