बिएल संवाददाता
                                बारा महागढीमाई नगरपालिकाको वडा नम्बर १ बरियारपुरमा पञ्चबर्षीय गढीमाई मेला लागेको छ। करिब एक महिनासम्म लाग्ने पञ्चबर्षीय गढीमाई मेला नेपालसहित भारतबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन्।
गढीमाईप्रतिको श्रद्धा भाव र मागेको कुरा पूरा हुने विश्वासले यहाँ भक्तजनहरुको घुइँचो लाग्ने गर्छ। श्रद्धालुहरु पाँच वर्षमा उपस्थित भई भाकल पूरा भएको खुसीयालीमा पशुवली दिने गर्छन्।
शनिबार मध्यरातमा विशेष पूजापश्चात् आइतबार बिहान पञ्चबलि र त्यसपछि राँगाबलि सुरु हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ।
शनिबार मध्यरात अर्थात् आइतबार सूर्योदय अघि नै विशेष पूजा हुनेछ। भने, त्यसपछि पञ्चबलि दिइने र राँगाबलि सुरु हुनेछ।
तान्त्रिक विधिबाट पूजारीले गढीमाईलाई पञ्चबलि दिएपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशुबलि दिने परम्परा रहिआएको गढीमाईका मूल पूजारी मङ्गल चौधरीले बताए। उनकाअनुसार सोमबार भने बोका बलि दिइने छ।
दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिका मेयर उपेन्द्रप्रसाद यादवले बताए।
यो मेला विश्वमा सबैभन्दा बढी बलि दिइने धार्मिकस्थलका रुपमा परिचित छ। उक्त मेलामा एकदेखि डेढ करोड भक्तजनहरु आउने अनुमान गरिएको छ। तर, गढीमाई दिइने बलिका विषयमा पशु अधिकारकर्मीहरुले चर्को विरोध गर्दै आइरहेका छन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया