बिएल संवाददाता
आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रदर्शन भएको छ।
सोमबार नेपाल पत्रकार महासंघको अगुवाइमा धरान उपमहानगरपालिका अगाडी पत्रकार, अधिकारकर्मी, नागरिक अगुवासँगै विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रदर्शन गरेका हुन्।
उनीहरूले मौन प्रदर्शन गरेका थिए। प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले मेयर साम्पाङ र उनको समर्थकको धम्की दिने कार्य खेदजनक भएको बताए।
समाचारको विषयमा चित्त नबुझेमा कानुनी कार्वाहीमा जानुपर्नेमा धम्की, डर, त्रास देखाउने कार्य खेदजनक भएको बताए।
खोजपत्रकारिता केन्द्रका लागि पत्रकार गोपाल दाहालले हर्क साम्पाङको मनमौजी कार्य भन्दै समाचार लेखेका थिए। उक्त समाचारलाई लिएर साम्पाङले उनलाई गालीगलौज गरेका थिए।
साथै साम्पाङका समर्थले दाहाललाई धम्की दिएको बताइएको छ। पत्रकार दाहालसँगै साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई पनि धम्की दिएका थिए।
उक्त धम्कीप्रति अधिकारकर्मीहरूले ओलोचना ब्यक्त गरेका छन्।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया