बिएल संवाददाता
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई छिट्टै पार्टीबाट निकाल्दिने चेतावनी दिएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै मंगलबार ओलीले पाण्डे र तिम्सेना बढी चम्किएको (पार्टीविरुद्ध बाेलेकाे) भन्दै अर्को बैठकमा पार्टीबाट निकाल्दिने बताएका हुन्।
पुस १० गते एमालेले पाण्डे र तिम्सेनालाई ६ महिनाका लागि र भीम रावललाई सधैंका लागि पार्टीबाट निष्कासन गरेकाे थियाे। पार्टीबाट निष्कासित भएपछि उनीहरूले आफूहरूलाई पार्टीले नभइ केपी ओलीकाे तानाशाही तरिकाले पार्टीबाट निकालेकाे आरोप लगाउँदै आएका छन्।
तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा पनि उनीहरूलाई पार्टीबाट निष्कासन गरिएकोप्रति केही सदस्यले ओलीको विराेध गरेका थिए।
यसरी विराेध गर्नेमा आफ्नै पक्षका नेताहरूसमेत देखिएपछि ओली थप आक्राेशित भएका छन्।
‘विन्दा र उषाकाे प्रतिक्रिया हेर्दा ६ महिना पनि पर्खिन, थामिन सकिन्छ जस्तो लाग्दैन’, ओलीले बैठकमा भने ‘अर्काे बैठकमै पार्टीबाट बिदाकाे निर्णय हुन सक्छ। चम्केर बाेल्ने?’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया