बिएल संवाददाता
सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल १४ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेकाे छैन।
नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको थियो।
२०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताए।
उनका अनुसार पुल बनेपछि बसतपुर, बडहर्वा, राजदेवीलगायतका वासिन्दालाई सहज हुनेछ। अहिले यहाँका वासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएका छन्।
तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न आहिले सहज थियो। वाग्मती नदीले कटानमा पारेपछि केहीको खेतवारि सर्लाहीतिर छ ।
अहिले खेतीको कामका लागि डुंगा चढेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको गुप्ताले बताए।
माधवकुमार नेपालले शिलान्यास गरेको पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ ।
पुलको काम अहिले पनि भैइरहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया