
बिएल संवाददाता
मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभित्र सत्ताको उन्मादमा निरंकुशता र तानाशाही प्रवृत्ति हाबी हुँदै गएकाे बताएका छन्।
मातृभूमि जागरण अभियान, साँफेबगर अछामले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेता रावलले नेपालमा तानाशाही मनोवृत्ति अस्विकृत भएकाे स्मरण गराउँदै निरंकुशताको सपना नदेख्न अध्यक्ष ओलीलाई चेतावनी दिए।
‘आज केपी ओलीहरू भनिरहनु भएको छ– अरु कसैले आवाज उठाउँछ भने उनीहरूलाई पनि हटाइदिन्छु। यो सत्ताको उन्मादमा उहाँमा चढेको निरंकुशता र तानाशाही प्रवृत्ति हो,’ उनले प्रश्न भने, ‘नेपालमा कुन तानाशाही बचेको छ र? केपी ओलीले सपना त देखेका होलान्! तर त्याे सपना राति देख्दा हुन्छ, विपनामा पूरा हुनेवाला छैन।’
त्यस्तै, उनले नेकपा (एमाले) पार्टी ‘बामाले’मा परिणत भएको र त्यसकाे समर्थक महासचिव शंकर पोखरेलको भन्दै उनकाे पनि आलोचना गरे। नेता रावलले ‘ओलीको निरंकुशता’लाई गाड्न अध्यक्ष ओलीको गृहजिल्ला झापा र महासचिव पाेखरेलकाे गृहजिल्ला दाङमा ठूलो खाल्डो पनि तयार भएको टिप्पणी गरे।
उनले भने, ‘चाहे झापामा भन्नुहोस्, चाहे बामाले। वा केपी ओलीको पक्षमा खुलेर लागेका महासचिवको दाङ जिल्लामा भन्नुहोस्। म यहीँबाट जानकारी गराउन चाहन्छु– निरंकुशतालाई गाड्न सबैभन्दा पहिले सबैभन्दा ठूलो खाल्डो कहीँ तयार भएको छ भने त्यो दाङ र झापामा छ।’
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया