बिएल संवाददाता
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउँपालिका-४ घर भई काठमाडौं-३२ शान्तीनगर बस्ने ५५ वर्षीया शितल राई भन्ने सिता देबी राई छिन्। उनलाई आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीसहित पक्राउ पर्नेको संख्या तीन पुगेको छ। गत शनिबार हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई काठमाडौंमा सुर्यदर्शन हाईट बस्ने अन्दाजी ५२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई प्रहरीले पक्राउ गरेको थियो।
त्यसअघि प्रहरीले गत माघ २ गते बुधबार त्रिपाठीमाथि आक्रमण भएकै दिन साँझ दोलखा जिल्लाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललीत केसीलाई पक्राउ गरेको थियो।
तीनै जनालाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
गत बुधबार काठमाडौं जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा थुनछेक बहस भएको थियो। सहकारी पीडितको पक्षबाट बहस गरेका अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै आक्रमण भएको थियो।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया